कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाख १२१ पुगेको जनाइएको छ ।

तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख नौ हजार ८०२ पुगेको छ । 

त्यस्तै बेलायतमा ४० हजार ५०८ जनाको मृत्यु भएको छ भने कोरोना भाइरसका कारण ब्राजिलमा मृत्यु हुनेको संख्या ३५ हजार ९ सय ३० पुगेको छ ।

त्यस्तै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६९ लाख १३ हजार ६ सय ८ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा १९ लाख २० हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

दोस्रो स्थानमा रहेको ब्राजिलमा ६ लाख ७२ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ६७ हजार नाघेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका ३० लाख ९५ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार १७:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया