उच्च सुरक्षा सतर्कता अपनाएर सेयर बजार खुलाउनुपर्छः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च सुरक्षा सतर्कता अपनाएर सेयर बजार खुलाउनु पर्ने धारणा राखेका छन् । नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले सेयर बजारलाई लामो समय बन्धक बनाउन नहुने बताएका हुन् ।

लकडाउन सुरु नहुँदै बन्द भएको सेयर बजार लकडाउनकै बीचमा केही दिन खुलेको थियो । तर, लगानीकर्ताहरुको तीव्र विरोधपछि बजार पुनः बन्द भएको थियो ।

अहिले लगानीकर्ताहरुले लामो समय पुँजी होल्ड भएको भन्दै बजार खुलाउन माग गरेका छन् । वार्षिकोत्सव समारोहलाई अनलाइनबाट सम्बोधन गर्दै उनले भने, ‘सधैँ बजार बन्द गर्नुपर्छ भन्ने पक्षमा म पनि छैन, अब सुरक्षा सतर्कता अपनाएर बजार खुलाउनुपर्छ ।’

यसका लागि तयारी गर्न उनले लगानी बोर्डलाई आग्रह गरेका छन् । उनले संस्थागत लगानीकर्ता बढाउनुपर्नेमा पनि जोड दिएका थिए । 





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार १७:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया