काेराेनाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक आज

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि पार्टीको केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।

कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल गर्ने एजेण्डा तोकेर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल देखिँदा पनि कुनै विकल्प अघि नसारी संसद्को प्रमुख प्रतिपक्ष दल सरकारकै सहयोगीको रुपमा अघि बढेको भन्दै आलोचना हुन थालेपछि देउवाले बैठक बोलाएका हुन् ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिअनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७७ साेमबार ४:१८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया