कोरोनाभाइरसः इटालीमा कम, रुसमा बढ्दो खतरा

कोरोनाभाइरस संक्रमितको संख्याअनुसार अब इटाली विश्वको सातौं सबैभन्दा बढी प्रभावित देश बनेको छ । इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ३५ हजार पुगेको छ । इटालीमा अहिलेसम्म कोभिड १९ का कारण ३४ हजार जनाको ज्यान गएको छ ।

तर, इटालीमा विस्तारै संक्रमितको संख्या कम हुँदै गएको छ । 

कुनै समय २४ घन्टामा एक हजारभन्दा धेरैको ज्यान गएको इटालीमा पछिल्लो २४ घन्टामा ५३ जनाको निधन कोभिड १९ का कारण भएको छ । एक दिनअघि मात्रै पनि इटालीमा ७२ जनाको कोरोनाका कारण निधन भएको थियो ।

अनि इटालीमा पछिल्लो २४ घन्टामा संक्रमणका १ सय ९७ नयाँ संख्या भेटिएको थियो । 

क्यानडामा पनि अब विस्तारै यसमा सुधार आउन थालेको छ । क्यानडामा पछिल्लो २४ घन्टामा ७० जनाको कोभिड १९ का कारण निधन भएको छ ।

तर, अर्कोतिर रुसमा कोभिड १९ को संक्रमण हुनेको संख्या बढिरहेको छ । त्यहाँ २४ घन्टामा कम्तिमा पनि ९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । यसका साथै त्यहाँ २४ घन्टामा १ सय ३४ जनाले ज्यान गुमाएका छन् । योसँगै रुसमा कोरोनाका कारण निधन हुनेको संख्या ५ हजार ८ सय ५९ भन्दा बढी भएको छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७७ साेमबार ४:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया