स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उनको मृत्यु भएको पुष्टि गरेको हो । 

योसँगै नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । 

पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका यी पुरुषमा आइतबार मात्र कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनी २३ जेठमा अस्पतालमा भर्ना भएका थिए । आइसोलेसनमा राखिएका उनको रिपोर्ट आइतबार मात्र आएको थियो ।

उनी भारतबाट नेपाल आएका थिए । २२ जेठमा सुनौली नाकाबाट उनलाई स्याङ्जाको नगरपालिकाले उद्धार गरेको थियो ।

उनी त्यहाँबाट सोझै अस्पतालमा गएर भर्ना भएका थिए । 

योसँगै गण्डकी प्रदेशमा पनि अब कोरोनाभाइरसका कारण एक जनाकोे निधन भएको छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७७ साेमबार ८:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया