कोरोना संक्रमण : भारतको एउटै राज्य महाराष्ट्रले उछिन्यो चीनलाई

काठमाडौं– भारतको महाराष्ट्र प्रान्तमा कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक देखिएको छ । महाराष्ट्रमा मात्रै कोरोना संक्रमितको संख्या चीनमाभन्दा धेरै देखिएको हो ।  

अहिलेसम्म महाराष्ट्रमा ८५ हजार ९७५ संक्रमित फेलापरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ६० पुगेको छ । 

भारतभन्दा तीन गुणा ठूलो चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८३ हजार ४० मात्र रहेको चीनको हेल्थ कमिसनले जनाएको छ । महाराष्ट्रको अवस्था अझै भयावह हुने देखिएको छ । 

त्यस्तै, बिहारमा पाँच हजार ८८ संक्रमित देखिएका छन् भने ३० जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म १० हजार ५ सय ३६ संक्रमित फेला परेका छन् भने २७५ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि आठ हजार १ सय ८७ संक्रमित फेला पर्दा ३ सय ९६ जनाको मृत्यु भएको छ ।

समग्र भारतमा भने कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५६ हजार ६११ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि सात हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण सात हजार १३५ जनाको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७७ साेमबार ११:१०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया