काठमाडौं– सांसद सरिता गिरीले संसदमा दिएको अभिव्यक्तिप्रति नेपाली सेनाका एक पूर्वजर्नेलले आपत्ति जनाएका छन् । सांसद गिरीले सेनाको बारेमा दिएको अभिव्यक्तिप्रति सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले आपत्ति जनाएका हुन् ।
सांसद गिरीले बाराको पथलैयामा सेनाको ब्यारेक राखेको, निजगढमा विमानस्थलको नाममा नेपाली सेनाको एयरबेस बनाउन लागेको भन्दै सरकारको आलोचना गरेकी थिइन् ।
सांसद गिरीको सो भनाइप्रति आपत्ति जनाउँदै पूर्वजर्नेल बस्न्यातले सरकारले नेपालभित्र जहाँसुकै पनि आफ्नो सेना राख्न पाउने जवाफ दिँदै गिरीप्रति आक्रोश व्यक्त गरेका हुन् । पछिल्लो समय डा. बस्न्यात नेपाली राजनीतिबारे विभिन्न सञ्चारमाध्यममा आफ्नो भनाइ राख्दै आएका छन् ।
सोही क्रममा उनले सांसद गिरीको भनाइप्रति आक्रोश व्यक्त गर्दै उनको पद र नागरिकता नै रद्द गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘अहिले सरिता गिरीको जुन असन्तुष्टि छ, त्यो भारतको आत्मा बोलेको हो । त्यहाँको राष्ट्रिय सुरक्षा रणनीतिको आत्मा बोलेको हो ।
उनीजस्ता पात्रलाई नेपाली नागरिकता दिएर संसदमा बोल्न दिनु भनेको नेपालको दुर्भाग्य भएको उल्लेख गर्दै बस्न्यातले भनेका छन्, ‘म त भन्छु यिनको नागरिकता र पद रद्द गर्नुपर्छ । उनलाई माननीय बनाएर जसरी सभामुखका अगाडि उभ्याइनु नै नेपालको दुर्भाग्य हो । नेपालका सुरक्षा अंगले यिनलाई निगरानी राख्नुपर्छ, यी माथि कारबाहीको माग गर्नुपर्छ । यिनको सांसद पद खारेज गर्नुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।