किन युद्ध भइरहेकाे छ लिबियामा ?

लिवियास्थित संयुक्त राष्ट्रसंघ सहयोग नियोगले लिबियाली सङ्कटको राजनीतिक समाधान खोजिनुपर्ने जनाएको छ।  

आइतबार लिवियामा रहेका सबै पक्षलाई संयुक्त राष्ट्रसंघको प्रायोजनमा हुने संयुक्त सैन्य आयोग वार्तामा रचनात्मक सुझावसहित सहभागिता जनाउन आग्रह गरिएको हो।

नियोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लिबियामा विगत एक वर्षदेखि विद्यमान सैन्य त्रासदीले के प्रमाणित गरेको छ भने लिवियाली नागरिकहरूबीचको कुनै पनि युद्धले द्वन्द्वरत कसैको जीत भएको छैन। त्यहाँ कुनै पक्ष वास्तविक विजयी हुन सक्दैन, राष्ट्र र यहाँका नागरिकको विशाल क्षति मात्र हुन्छ। यस पहिले नौ वर्ष द्वन्द्वको सामना गरेको लिवियामा स्थायी शान्तिका लागि सबै अग्रसर हुनुको उत्तम विकल्प अरू केही हुनेछैन।”

सधैँजस्तो लिवियामा विद्यमान लामो सङ्कटको राजनीतिक समाधान पकड र नियोगमाथि अडेको छ र समावेशी लिवियाली–नेतृत्व र लिवियाली स्वामित्वको राजनीतिक प्रक्रियामा सुरू हुन जरूरी छ।

खासगरी कोभिड–१९ को महामारीको सन्दर्भमा कानूनको शासन, अन्तर्राष्ट्रिय मानव अधिकार कानून मानवीय कानूनलाई मान्नु लिवियाली नागरिकको सुरक्षा र नागरिकका लागि स्वास्थ्य, विद्यालय, कैदजस्ता अन्य पूर्वाधारहरूबारे सोच्नु जरूरी हुने लिवियास्थित सबै पक्षलाई नियोगले सचेत गराएको बताइएको छ।

लिवियाको पूर्वमा सक्रिय पूर्व शासक मोहमर गद्दाफी पक्षधर सैनिकले पूर्वमा सैन्य अभियानलाई एक वर्षदेखि तीब्र बनाएको छ भने त्रिपोलीलाई नियन्त्रणमा लिन रसंयुक्त राष्ट्रसंघको समर्थन प्राप्त सरकारलाई सत्ताबाट हटाउन खोजिरहेको छ।



लडाईंमा सयौँ निरपराध सर्वसाधारणको मृत्यु भएको छ भने एक लाख ५० हजार नागरिक विस्थापित बनेका छन्।



  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार ०:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया