गाेरखामा भेन्टिलेटरसहित आइसियु सेवा सञ्चालनमा

गोरखा अस्पतालमा भेन्टिलेटरसहितको आइसियु सेवा शुरु भएको छ। अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सो सेवाका लागि उपकरण जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश सरकारमार्फत उपलब्ध गराएको एक करोड रुपैयाँको लागतमा उपकरण खरिद गरी जडान गरिएको उनले जानकारी दिए।  

पचास श्यया क्षमतामा विस्तार भई अस्पताल सञ्चालन भएको लामो समयसम्म अत्याधुनिक उपकरण जडान हुन नसक्दा समस्या हुँदै आएको थियो।  भेन्टिलेटर र आइसियु सेवा सञ्चालनमा ल्याएसँगै अब कोरोना भाइरस (कोभिड– १९) का कारण गम्भीर बिरामी परेकाहरुलाई समेत  अस्पतालमै राखेर उपचार गर्न सकिने उनले बताए। अस्पतालले कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लक्षित गरी उपकरण जडान गरेको उनको भनाइ छ।

प्रदेश सरकारअन्तर्गत रहेको यस अस्पतालमा अहिले निर्माण गरिएको भेन्टिलेटरसहितको आइसियु दुई श्यया क्षमताको रहेको उहाँले बताउनुभयोे। प्र्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चैत महिनामा रकम निकास गर्ने भनिए पनि ढिलो गरी बजेट प्राप्त भएकाले सेवा शुरु गर्न केही ढिलाइ भएको जनाइएको छ।  

सेवा विस्तार भएसँगै कोरोना सङ्क्रमणलगायतका अन्य रोगका कारणसमेत भेन्टिलेटरमा बिरामी राख्नुपर्ने भए अब सिफारिस गरेर पठाउनुपर्ने अस्पतालको बाध्यता हटेको छ।  





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार ०:२०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया