गण्डकी पदेशमा थप २४ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार नवलपरासीमा १२, बाग्लुङमा ११ र म्याग्दीमा १ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ । आज भेटिएका सबै संक्रमित पुरुष हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।