रुपन्देहीको तिलोत्तमामा बन्चरो प्रहार गरेर पाँच जनाको हत्या

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मा पाँच जनाको सामूहिक हत्या भएको छ । यो घटना मैनहवामा भएको हो । 

गएराति एक व्यक्तिले त्यहाँको एक फार्ममा कार्यरत पाँच जनाको हत्या गरेका हुन् । उनले बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

यो घटना किन र कसरी भयो भन्नेबारे प्रहरीले अहिलेसम्म खुलाएको छैन ।

प्रहरीले सुर्खेतका झपेन्द्र सिजापतीलाई घटनामा संलग्न भएको आशंकामा पक्राउ गरेको छ ।

यसबारे प्रहरीले अनुसन्धान गर्न थालेको छ ।






  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार ८:३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया