चितवनमा एक कोरोनाभाइरस संक्रमितको मृत्यु

भरतपुरमा कोरोना संक्रमणको उपचार गराइरहेका एक जनाको मृत्यु भएको छ । चितवनमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका मृतकलाई सोमबार मात्र भरतपुर अस्पतालको आइसियूमा सारिएको थियो ।

भरतपुर महानगरपालिका ११ का ६८ वर्षीय वृद्धलाई सोमबार मात्र कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनको मंगलबार विहान मृत्यु भएको हो । मृतकलाई यसअघि नै मुटु र निमोनियाको समस्या भएको बताइएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । 

भरतपुरमा अब उनको शव कसरी व्यवस्थापन गर्ने तयारी सुरु भएको छ ।





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार ८:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया