आठ महिनाको गर्भवती महिलामा पेट सुन्निएपछि सोमबार हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज पुर्याइएकी र उपचारका क्रममा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा पीसीआर परीक्षणमा चौरपाटी गाउँपालिका–५ निवासी २५ वर्षकी महिलालाई कोरोना संक्रमण भएको खबर पाएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिएका छन् ।
महिलासँगै रहेका उनका पति र दुई वर्षीया छोरीलाई अलग्गै राखिएको छ । विशेष सावधानी अपनाएर निर्मलाको थुनिएको आन्द्राको मंगलबार नै कोहलपुर मेडिकल कलेजमा शल्यक्रियाको तयारी भइरहेको बताइएको छ । “आजै शल्यक्रिया हुन्छ भनेका छन् डाक्टर सापले ।” अस्पतालमै रहेका निर्मलाकापती राम खड्काको भनाइ छ ।
आन्द्रा थुनिएकोले शल्यक्रिया गर्नुपर्ने भएकोले वयलपाटा अस्पतालका चिकित्सकले आइतबार नै रिफर गरेका थिए । भारतबाट आएर आफ्नै वडाको दयापिपलतोलामाविको क्वारेन्टाइनमा पती र छोरी सहित रहेकी ती महिला शनिबार वयलपाटा अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । जेठ १५ गतेबाट निर्मलाको परिवार क्वारेन्टाइमा बसिरहेको थियो ।
यसैबीच राससका अनुसार बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो ।
अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती महिलामा काे आन्द्रामा समस्या भए पछि कोहलपुर सिफारिश गरेको पाइएको छ । शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।