नेपालको सार्वभौमसत्ताको अवमूल्यन गर्यो : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको बताएका छन् । नेपाल–भारत सीमामा गरिएका भारतका एकतर्फी गतिविधिले नेपालको सार्वभौमसत्ताको अवमूल्यन भएको मन्त्री ज्ञवालीको ठहर छ ।

मंगलबारको विनियोजित बजेटका सम्बन्धमा उठेका प्रश्‍नको जवाफ दिनेक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । भारतले कालापानी–लिपुलेक क्षेत्रको समस्या समाधान हुन बाँकी रहेको स्वीकार गरेको, तर एकर्फी गतिविधि जारी राखेको भन्दै उनले सो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए । 

भारतले २ नोभेम्बरमा नक्सा जारी गरिसकेपछि नेपालले पटक–पटक वार्ताको प्रस्तावित मिति पठाएको तर भारतले त्यसको कुनै जवाफ नदिको जानकारी गराउँदै उनले भारतका यस्ता गतिविधि अन्तर्राष्ट्रिय सीमा कानुन र कूटनीतिक मान्यताविपरीत रहेको बताए ।





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार १६:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया