साँझ ६ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं– लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकालका विषयमा छलफलका लागि मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद बैठक नियमित बैठक भएको बताएका छन् । तर, छलफलका एजेण्डाबारे आफू अनभिज्ञ रहेको जनाए । 

मन्त्रिपरिषदको अघिल्लो बैठकले उच्चस्तरीय समन्वय समितिलाई लकडाउन परिवर्तनको विस्तृत मोडालिटी तयार गर्न निर्देशन दिएको थियो ।
 
सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन आगामी जेठ ३२ गतेसम्मका लागि जारी छ । 





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार १७:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया