कैलालीमा ३ किशोरी बलात्कारको आरोपमा चार जना पक्राउ

कैलालीमा प्रहरीले ३ किशोरी बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला पक्राउ परेका हुन् । 

उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार ८:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया