थप तीन प्रहरीमा कोरोना संक्रमण, संक्रमित संख्या ४५ पुग्यो
प्रतिकात्मक तस्वीर

नेपालमा थप तीन प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या ४५ पुगेको छ ।

पछिल्लो पटक कन्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

कन्चनपुरको भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरि दुई जना र पुर्नवास नगरपालिकामा प्रहरी चौकीमा कार्यरत एक प्रहरीमा कोरोनाभाइरस संक्रमण भएको हो ।

उनीहरुमध्ये दुई जनालाई अब महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ भने एक जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको छ । क्वारेन्टिनमा बस्दै आएका संक्रमित प्रहरीको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन भइरहेको छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार ८:१९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया