आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी टुङ्ग्याउन सक्ने
फाइल तस्वीर ।

आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोनाभाइरसका कारण लगाइएको लकडाउनको नयाँ मोडालिटीबारे टुङ्गो लगाउन सक्ने भएको छ ।

कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनको पछिल्लो समय विरोध हुन थालेको छ । सरकारले ११ चैतमा लगाएको लकडाउनलाई फेरि निरन्तरता दिने सम्भावना बढेपछि विरोध हुन थालेको हो । 

केही दिन यता काठमाडौं लगायत विभिन्न सहरमा मानिसहरुले लकडाउन र कोरोना नियन्त्रणमा सरकार असफल रहेको भन्दै विरोध पनि गर्न थालेका छन् ।

जनजीवन निकै प्रभावित भएपछि सरकारले अब लकडाउनलाई खुकुलो बनाउने योजना बनाएको छ । तर, अहिलेसम्म लकडाउन कस्तो मोडालिटीमा खोल्दै जाने भन्ने निश्चित भइसकेको छैन ।

यसअघि पाँच विभिन्न मोडालिटीमा लकडाउनलाई खुलाउन सकिने अनुमान गरिएको थियो । 

नेपालमा लकडाउन लगाएको आज ७९ औं दिन भएको छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार ८:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया