भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा लैजाँदा टिपर कर्णाली नदीमा खस्यो, ३३ जना बेपत्ता

भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा लैजाने क्रममा एउटा टिपर कर्णाली नदीमा खसेको छ । टिपर खस्दा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् ।

टिपरमा ३९ जना यात्रु रहेको कर्णालीको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यीमध्ये ६ जनाको उद्धार भएको छ । 

नदीमा खसेको टिपर नदीभित्रै डुबेको छ । 

त्यहाँ उद्धार कार्य सुरु गरिएको छ । 





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार ११:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया