कर्णालीमा ३७ काेराेनाभाइरस संक्रमित थपिए

कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटका थप ३७ जनालाई कोरोना संक्रमण देखिएको हो ।

मंगलबारसम्म कर्णालीमा जम्मा ६ सय ७१ जना कोरोना संक्रमित थिए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७ सय ८ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

बुधबार संक्रमण पुष्टि हुनेहरूमा दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेका छन् ।

हालसम्म कर्णालीमा कोरोनालाई जितेर २९ जना घर फर्किसकेका छन् । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार १५:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया