संविधान संशोधन प्रस्ताव फिर्ता लिन गिरीलाई पार्टीको निर्देशन

काठमाडौं– नयाँ नक्सामा प्रमाण नपुगेको दाबी गर्दै संशोधन विधेयक दर्ता गराएकी सांसद सरिता गिरीलाई उनी आबद्ध दलले विधेयक फिर्ता लिन निर्देशन दिएको छ । 

गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशाना छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन विधेयक दर्ता गराएपछि जनता समाजवादी पार्टी (जसपा)ले उनलाई सो विधेयक फिर्ता लिन निर्देशन दिएको हो ।

समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको छ । दुई पार्टी एकीकरण भए पनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो । 

गिरीले बुधबार विधेयक दर्ता गराएपछि उनको चौतर्फी आलोचना भएको छ । संसदीय दलको निर्देशनविना नै संशोधन उनले हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको हो ।  

सांसद गिरीलाई संशोधन फिर्ता नलिए पार्टीले कारबाही गर्न बाध्य हुने चेतावनी दिइएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताएका छन् । 





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार १७:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया