यस वर्ष एसइई नगर्न मन्त्रिपरिषदमा प्रस्ताव

काठमाडौं– कोरोना महामारीका कारण गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसइई) सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार भएको छलफलपछि एसइई परीक्षा सञ्चालन नगर्ने र सोही व्यवस्थाका लागि निर्णयार्थ मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

विद्यालयहरुले एसइईभन्दा अगाडि सेन्टअपका नामले तयारी परीक्षा लिइसकेका छन् । मन्त्रालय सूत्रका अनुसार विद्यालयले गरेको मूल्याङ्कनलाई आधार मानेर एसइईको प्रमाणपत्र जारी गर्न मापदण्ड बनाइनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले नै ती प्रमाणपत्रलाई प्रमाणीकरण गर्ने र त्यसलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । 

कक्षा ११ को परीक्षा तत्काल नलिने र कक्षा १२ को परीक्षा भने उपयुक्त समयमा सञ्चालन गर्ने निष्कर्षमा मन्त्रालय पुगेको बुझिएको छ । 





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार १९:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया