एकता कपुरलाई बलात्कारकाे धम्की

विवादित वेब सिरिज 'त्रिपल- अनसेन्सर्ड' का कारण अहिले बलिउड निर्मात्री एकता कपुरलाई बलात्कारको धम्की आउन थालेको छ ।

अल्ट बालाजीसँग मिलेर उनले निर्माण गरेको वेब सिरिजको एक दृश्यमा सेनालाई अपमान गरेको भन्दै धेरैले सामाजिक सञ्जालमा उनको विरोध गरेका छन् ।

कतिले सिरिज नै बन्द गर्नुपर्ने टिप्पणी दिएका छन् । केही दिनअघि एकताविरुद्ध युट्युबर विकास पाठकले सिरिजको उक्त दृश्यलाई लिएर प्रहरीमा उजुरीसमेत गरेका थिए ।

सेनाको पहिरनलाई इरोटिक दृश्यमा प्रस्तुत गरेकै कारण अहिले उनलाई सामाजिक सञ्जालमा बलात्कारको धम्की आउन थालेको 'हिन्दुस्तान टाइम्स' मा उल्लेख छ । 'यो महान मानिस जो आफूलाई देशभक्त ठान्छ । उसले मेरो आमा र मलाई दुर्व्यवहार गरेको छ । सामाजिक सञ्जालमा खुलेआम बलात्कार गर्ने धम्की दिइसकेको छ,' उनले भारतीय मिडियालाई भनेकी छिन्, 'यो अब आर्मीको विषयवस्तु वा सेक्सुअल कन्टेन्टको मात्र कुरा भएन । सेक्सुअल कन्टेन्ट बनाएको आधारमा 'एक महिलालाई बलात्कार गर्नु, उसको छोराको बलात्कार अनि उसको ७१ वर्षिया आमाको बलात्कार गर्नु' भन्ने विचारको अर्थ त यौन खराब हो तर बलात्कार चाहीँ ठिक्कै छ भन्ने हो नि ।'





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार २३:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया