केरोनाभाइरसलाई मौसम परिवर्तनले असर गर्छ भन्नु गलत : डब्ल्यूएचओ


 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको फैलावटमा असर गर्छ भन्ने कुनै प्रमाण नभएको बताएको छ । डब्ल्यूएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रयान यस्तो स्पष्ट पारेका हुन् ।
‘मौसम परिवर्तन वा तापक्रम वृद्धि कोरोनाभाइरसविरुद्धको जवाफ हो भन्ने कुरामा विश्वास गरेर हामी बस्न सक्दैनौं’, उनले भनेका छन्, ‘मौसम परिवर्तनबाट यो भाइरस खतरनाक हुने, तीव्र गतिले फैलिने वा नफैलिनेभन्नेबारे त्यस्तो कुनै तथ्यांक अहिलेसम्म हामीसँग छैन ।’

केही समयअघि गर्मी सुरु भएपछि कोरोनाभाइरसको संक्रमण कम हुने चर्चा चलेको थियो । तर हालसम्म भाइरसको प्रकृति र संक्रमण दर हेर्दा त्यो सत्य नभएको देखिएको छ ।





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार ७:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया