कोरोनाभाइरस संकटका कारण उत्पन्न परिस्थितिले समस्यामा परेका ३ सय नेपाली कुवेतबाट आज (बिहीबार) फर्किँदै छन् । यसका लागि दुई विमानहरुको व्यवस्था गरिएको छ ।
यी दुवै जहाज १ बजे र ३ बजे नेपाल आउँदै छन् । दुवै जहाजलाई कुवेत सरकारले नै नेपाल पठाउन लागेको हो ।
यसअघि परराष्ट्र मन्त्रालयले बनाएको सूचीअनुसार कुवेतबाट कम्तिमा पनि २ हजार ९ सय ९१ जनाको तत्काल उद्धार गर्नु पर्ने अवस्था देखिएको छ ।
यसअघि कुवेतबाट आउनेहरु बुधबार आउने तयारी थियो । तर, यसलाई बिहीबार सारिएको छ । योसँगै अब युएइबाट बिहीबार आउने भनिएका नेपालीबारे के गर्ने भन्ने अझै टुङ्गो लागेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।