भारतमा बलिउड तथा टिभीमा राम्रो छवि बनाएका अभिनेता जगेश मुक्तिको निधन भएको । जगेशलाई मुम्बईको एक अस्पतालमा १० जुनमा भर्ना गरिएको थियो । उनी ५ दिन यता अस्पतालमा नै उपचार गराइरहेका थिए ।
सास फेर्न समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अभिनेत्री अम्बिका रन्जनकारले उनको निधनको पुष्टि गरेकी छिन् ।
यसले भारतीय सिने उद्योगमा ठूलो क्षति भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।