कोरोनाका कारण थप एकजनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षका पुरुष रहेका छन् । 

बुटबल अस्पतालबाट घर फर्कंदै गरेका उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको अर्घाखाँची जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । केहीअघि घाँटीको शल्यक्रिया गरेका उनी श्वास–प्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्क पुगेका थिए । 

जिल्ला अस्पतालले उनलाई प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । तर, अस्पतालले घरमै आराम गर्न भनेर फर्काएको थियो । उनको घर फर्कंदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । 

उनी ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टीनमा बसेका थिए । उनको स्वाब परीक्षणका गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्न बाँकी छ ।





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार १९:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया