चितवनकाे माडीमा ८ जनालाई काेराेनाभाइरस संक्रमण

चितवनकाे माडी नगरपालिकाले भारतबाट उद्धार गरेर ल्याएका थप ८ जनामा कोरोना पुष्टि भएको छ । उद्धार गरेर माडी ५ को दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा राखिएका ८ जनामा शुक्रबार कोरोना देखिएको हो ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा माडीका ८५ जनाको स्वाब परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेसु श्रीराम तिवारीले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा ३४, २५, ४७, २७, २७, ५१, ४५ र १९ वर्षीय पुरुष रहेका छन् । यसअघि माडीका ६ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै माडीमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

त्यस्तै, भरतपुर अस्पतालबाट २९, क्यान्सर अस्पतालबाट २९, खैरहनी नगरपालिकाबाट ११, पुरानो मेडिकल कलेजबाट ८, चितवन मेडिकल कलेजबाट ८, देवघाट गाउँपालिकाबाट १५, राप्ती नगरपालिकाबाट १५ जना गरी जम्मा १८९ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार १४:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया