गण्डकी प्रदेशमा पाँच जनामा कोरोनाभाइरस संक्रमित थपिए

अब गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या १ सय ९७ पुगेको छ । आज पर्वतमा चार जना र पूर्वी नवलपरासीमा एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शनिबार विहान सार्वजनिक गरेको सूचनाअनुसार पर्वतको कुश्मा नगरपालिकामा ६ वर्षीय बालक र १७ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्वतमा जलजला गाउँपालिका र महाशिला गाउँपालिकामा १७ र १६ वर्षीया युवकमा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु कुश्माको क्वारेन्टिनमा बस्दै आएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चारै जनालाई क्वारेन्टिनमा लैजाने तयारी भएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।

उता, नवलपरासीको मध्यविन्दू नगरपालिकामा पनि ४५ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार ७:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया