फेरि विश्वभर बढ्दै छ कोरोनाभाइरस संक्रमण, दोस्रो लहरका कारण चिन्तित छ विश्व

विश्वभर कोरोनाभाइरस (कोभिड १९) को दोस्रो लहरका कारण चिन्ता बढेको छ । पछिल्लो समय विश्वका विभिन्न देशमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि यो चिन्ता बढेको हो । योसँगै विश्वभरका विभिन्न देशहरु आफ्नो अर्थव्यवस्थालाई लिएर पनि चिन्तित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइकल रायनले भनेका छन्, ‘विश्वका केही देश यो महामारीको पहिलो लहरसँग लडिरहेका छन् । युरोपका केही देश, दक्षिण पूर्व एशिया, उत्तरी अमेरिकामा कोरोना संक्रमणको पिक आइसकेको छ । केही देशले लकडाउन गरेर बढ्दो कोरोना मुद्दामा लगाम पनि लगाएका छन् ।’

उनले थपेका छन्, ‘तर, केही देशहरुमा अब संक्रमणका नयाँ मुद्दाहरु आइरहेका छन् । यसको अर्थ हो, त्यहाँ कोरोना संक्रमणको नयाँ लहर वा दोस्रो लहर देखिएको छ ।’ उनले यसको अर्थ कोरोनाभाइरस महामारी पूरै खत्तम नभइसकेको बताएका छन् ।

यसको कारणमा उनले कुनै देशले लकडाउनलाई खुकुलो बनाएसँगै कोरोनाका नयाँ संक्रमित भेटिन थालेको हुनसक्ने बताएका हुन् । उनले सामाजिक दूरी तथा नियमको अहिले पनि पालना नगरिएको र यसले गर्दा कोरोना संक्रमितको संख्या बढ्न थालेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहनम ग्याब्रिएसुसले चाहिँ अझै कोरोनाविरुद्धको लडाइँ खत्तमन नभएको भन्दै यो भाइरसले असंवेदनशील भएमा फेरि एक पटक आक्रमण गर्न सक्ने बताएका छन् ।

चीनको बेइजिङमा लगातार दोस्रो दिन कोरोनाभाइरस संक्रमित थपिएपछि त्यहाँको स्थानीय प्रशासनले त्यहाँको बजार पूर्णरुपमा बन्द गरेको छ ।



त्यहाँ दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । त्यसपछि उनीहरुले काम गर्ने बजार पूर्ण रुपमा बन्द गरिएको हो । तर, उनीहरुमा संक्रमण कसरी फैलियो भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

बेइजिङले अब संक्रमणको खतरा बढेको भन्दै त्यहाँका प्राथमिक स्कुलहरु बन्द गर्ने र खोल्नका लागि कुनै हतार नगर्ने पनि जनाएको छ ।



उता, दक्षिण कोरियामा पनि कोरोनाभाइरस संक्रमितको संख्या दैनिक बढिरहेको छ । त्यहाँको सरकारले अब आफूले ल्याएको इन्टेन्सिभ प्रिभेन्सन तथा स्यानिटेसनको काम पनि अनिश्चित समयसम्म अगाडि बढाउने भएको छ ।

उता, अमेरिकाका कयौँ राज्यमा पनि संक्रमण निकै तीव्र गतिमा फैलिन थालेको छ । टेक्सस तथा एरिजोनामा कोरोनाभाइरस संक्रमित निकै बढिरहेको भनिएको छ ।

कोरोनाका कारण लगाइएको लकडाउनले विश्वभरका देशको अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको छ । तर, युरोपमा चाहिँ कोरोना संक्रमण बढ्दै जाँदा केही देशहरुले फेरि लकडाउन गर्ने तयारी गरेका छन् ।

  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार ७:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया