हामीले भारतसँग दुश्मनी चाहेका होइनौँः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले भारत र नेपालबीच नक्साबारे भइरहेको विवादलाई वार्ताबाट नै समाधान गरिने बताएका छन् । उनले देशले र सरकारले यसलाई प्रयास गरिरहेको र संविधानबाट यो नयाँ नक्सा अपडेट गरे पनि भारतसँग आफूहरुले कुनै पनि निहुँ खोज्न नचाहेको बताएका छन् । 

उनले अहिले भारतको सहयोग पनि अपरिहार्य भएको बताएका छन् । 

‘हामीले भारतसँग दुश्मनी गर्न चाहेको होइनौँ,’ उनले भने, ‘हामीले यो काम गर्नु भनेको भारतसँग दूरी बढाउन खोजेको होइन, झन् झकझकाएर समस्या समाधान गर्न खोजेको हो ।’

उनले यसले भारतसँग वार्ता गर्ने वातावरण बनोस् भन्ने चाहना भएको पनि बताएका छन् । 

संसदमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले छिमेकी देशहरुसँग नेपालले सधैं वार्ता र छलफलबाट समृद्धि ल्याउन प्रयास पनि गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाकाे आजकाे बैठक

Posted by FarakDhar on Saturday, June 13, 2020




  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १४:७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया