प्रतिनिधिसभाले सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत गरेको छ । सभामुख अग्नि सापकोटाले गिरीले संविधान संशोधनको सर्त पूरा नभएको भन्दै संशोधन अस्वीकृत भएको बताए ।
बैठक सुरु हुनासाथ सभामुख सापकोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई बोल्न समय दिएका थिए । त्यसपछि सांसद गिरी उठेपछि सभामुख सापकोटाले संशोधन अस्वीकृत भएको भन्दै उनलार्ई समय दिएनन् ।
नेपालको नयाँ परिमार्जित नक्सा निशान छापमा राख्ने विषयमा सरकारले ल्याएको विधेयकमाथि उनले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपालको दाबी नपुग्ने भन्दै संशोधन दायर गरेको उनको भनाइ छ ।
आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएपछि सांसद गिरी बैठकबाट बाहिरिएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।