समयबारे फेरि बोले राजेन्द्र महतो– के पूर्वप्रधानमन्त्रीले मात्र निर्धक्क बोल्न पाउने हो ?

संसदमा चलिरहेको संविधान संशोधनको विधेयकबारे दफावार छलफलमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले फेरि आफूलाई दिइएको समयबारे कुरा गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले उनलाई समयसीमा सम्झाएपछि उनले यो विषयमा कुरा उठाएका हुन् ।

‘पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवालाई समय सीमा नहुने,’ उनले भने, ‘के यहाँ बोल्न पूर्वप्रधानमन्त्री हुनु पर्ने हो र ?’ उनलाई पहिले दस मिनेटको समय दिइएको स्मरण सभामुख सापकोटाले गराएका थिए । 

सम्बोधनको सुरुमा पनि सांसद महतोले यसबारे प्रश्न उठाएका थिए ।





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १४:४०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया