या मैले आत्महत्या गर्नुपर्छ, या अब युद्धः सरिता गिरी

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफूमाथि भइरहेका व्यवहारविरुद्ध अब आफूले युद्ध गर्ने बताएकी छिन् । नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न संविधान संशोधन विधेयक २०७७ माथि प्रतिनिधिसभामा छलफल सुरु भएपछि बाहिरिएकी गिरीले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले सरकारले लिम्पियाधुरा समेत समेटिएको नक्सा सरकारले निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएपछि त्यो विधेयक खारेज गर्न संशोधन दर्ता गराएकी थिइन् । 

तर, शर्त नपुगेको भन्दै उनको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले खारेज गरिदिएका थिए । 

आफ्नो प्रस्ताव खारेज भएसँगै संसदबाट बाहिरिएकी गिरीले आफूले विरोध जनाउँदै बाहिर निस्किएको प्रतिक्रिया दिएकी हुन् । उनले आफ्नो प्रतिक्रियामा सोधेकी छिन्, ‘अहिले ममाथि प्रहार भइरहेको छ, यो गलत राजनीति होइन ?’

यतिमात्र होइन, उनले अब आफूसँग दुई बाटो मात्र बाँकी रहेको बताएकी छिन् । 

आफू महिला भएकाले आफूमाथि यस्तो प्रहार भएको भन्दै उनले भनेकी छिन्, ‘या त मैले आत्महत्या गर्नुपर्छ, या म युद्धको मैदानमा उत्रिनुपर्छ । म अब युद्धको मैदानमा उत्रिएँ ।’





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १४:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया