सरिता गिरीलाई पार्टीमा कारवाही गर्ने तयारी

जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाहीस्वरुप आफ्नो पार्टीबाट निकाल्ने तयारी गरेको छ । पछिल्लो समय संविधान संशोधन विधेयकको विरोधमा देखिएकी गिरीलाई पार्टीले कारवाही गर्ने संकेत देखिएको हो । 

यसको संकेत जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले शनिबार प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनमा पनि देखिन्थ्यो । सम्बोधन गर्दै गर्दा महतोले भनेका थिए, ‘देशको माटो बचाउन नचाहनेलाई हामीले पनि निकालिदिन्छौँ, आज पनि देखियो । यो कुरा हामीलाई सह्य पनि हुँदैन ।’

आजै जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक पनि बसेको थियो । बैठकले नेपालको नयाँ नक्सा निशान छापमा समेट्नका लागि संविधान संशोधन विधेयकमा सबैले समर्थनमा मत दिनु पर्ने निष्कर्ष निकालेको थियो । 

तर, गिरीले यसअघि नै यो संविधान संशोधन विधेयक खारेज हुनु पर्ने माग राख्दै प्रस्ताव राखेकी थिइन् । उनको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले सर्त नपुगेको भन्दै खारेज गरिदिएका छन् ।

गिरीलाई पार्टीले पनि यो प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । तर, उनले प्रस्ताव फिर्ता लिन मानिनन् ।

योसँगै अब गिरीलाई जनता समाजवादी पार्टीले कारवाही गर्ने तयारी गरेको छ । उनलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरि निस्कासन गर्न सकिने जनता समाजवादी पार्टीका एक नेताले फरकधारलाई बताएका छन् । 



‘उहाँले पार्टीकै निर्देशनलाई पनि अस्वीकार गर्नुभयो,’ ती नेताले भने, ‘त्यसैले अब उहाँलाई कारवाही गर्नुको विकल्प देखिएन ।’



  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १६:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया