पाकिस्तानमा अब स्मार्ट लकडाउन

पाकिस्तानमा कोरोनाभाइरस संक्रमण बढ्दै जाँदा देशभर विभिन्न स्थानीय सरकारले लकडाउन फेरि लगाउन थालेका छन् । जहाँ कोरोनाको संक्रमण बढेको छ, त्यहाँ मानिसहरुलाई घरबाट बाहिर ननिस्किन आग्रह गर्न थालिएको छ । 

मार्चमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूरै देशमा लकडाउन घोषणा गरेका थिए । तर, पछि अर्थतन्त्रमा नराम्रो असर गरेको भन्दै उनले लकडाउनलाई खुकुलो बनाएका थिए ।

शनिबार उनले अब पाकिस्तानका लागि स्मार्ट लकडाउनको विकल्प नभएको बताएका छन् । स्मार्ट लकडाउनले गरिबलाई असर नगर्ने भन्दै उनले अब लकडाउन मान्नका लागि सबै निकै गम्भीर हुनु पर्ने बताएका छन् ।

शनिबार पाकिस्तानमा ६ हजार ४ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै पाकिस्तानमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार ४ सय पुगेको छ । अहिलेसम्म पाकिस्तानमा कोभिड १९ का कारण २५५१ को मृत्यु भएको छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार २२:२१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया