कोरोनाका कारण थप एकको मृत्यु

नेपालमा अब कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । गुल्मीमा एक युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएसँगै यो संख्या बढेको हो । 

गुल्मीको धुर्कोट गाउँपालिकाका २७ वर्षका एक युवाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका हुन् ।

उनी क्यान्सरबाट पनि पीडित रहेको र उनको तमघासमा रहेको आइसोलेसनमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।

यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गर्न बाँकी छ । 

योसँगै कोरोनाका कारण मात्रै गुल्मीमा दुई जनाले ज्यान गुमाएका छन् । यसअघि त्यहाँका एक ४६ वर्षीय शिक्षकको पनि कोरोनाका कारण बुटवलमा निधन भएको थियो ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ७:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया