पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीलाई कोरोनाभाइरस संक्रमण

भ्रष्टाचार आरोपमा थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोरोनाभाइरस (कोभिड–१९)बाट सङ्क्रमित भएका छन् । पाकिस्तानी पत्रिका डनका अनुसार पूर्वप्रधानमन्त्री गिलानीलाई सङ्क्रमण भएको सूचना उनकै छोरा कासिम गिलानीले ट्वीटमार्फत जानकारी दिएका हुन् ।


कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवारीसमेत सम्हालेका आफ्ना पिता जेलमा रहँदा सङ्क्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गरेका थिए ।


कासिमले आफ्ना पिता कोभिड–१९ बाट सङ्क्रमित भएपछि ट्वीटमा प्रधानमन्त्री इमरान खान र राष्ट्रिय उत्तरदायित्व विभागको आलोचना गरेको डनले समाचारमा उल्लेख गरेको छ ।


पाकिस्तानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या शनिबारसम्म एक लाख ३४ हजार ६६७ पुगेको छ भने दुई हजार ५७४ कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ । डनका अनुसार युसुफलाई राष्ट्रिय उत्तरदायित्व विभागमा मुद्दामाथि सुनुवाईका लागि बिहीबार उपस्थित गराइएको थियो । उक्त समय पूर्वप्रधानमन्त्रीले कैयौँ वकिलमा सङ्क्रमण रहेको भन्दै न्यायधीशलाई मुद्दाको सुनुवाईका लागि आफू प्रत्यक्ष हाजिर नहुनेगरी व्यवस्था गरिदिन आग्रह गरेको डनले लेखेको छ ।


पाकिस्तानमा पछिल्ला केही हप्ता यता कैयौ उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीसमेतलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

  
 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ७:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया