कमल थापाले लगाए प्रचण्डलाई आत्मसमर्पणवादीको आरोप

राप्रपाका अध्यक्ष कमल थापाले शनिबार व्यवस्थापिका–संसदमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्ने अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएका छन् । थापाले प्रचण्डको सम्बोधनलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।


थापाले राजतन्त्रलाई दोष देखाउँनु प्रचण्डको विकृत र असन्तुलित मानसिकता रहेको बताएका छन् । उनले प्रचण्डलाई विदेशी स्वार्थमा लागेर १७ हजारको ज्यान लिने आत्मसमर्पणवादीको आरोप लगाएका छन् ।

 
‘प्रचण्डको भ्रामक र पूर्वाग्रही भनाइ विकृत र असन्तुलित मानसिकता हो ।’, उनले लेखेका छन्, ‘१७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो यो ।’


देशको एकिकरणको र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका रहेको दाबी गर्दै थापाले सिंगो देश एकढिक्का भएर गुमेको नेपाली भूमि फिर्ता लिनुपर्ने वेला प्रचण्डले विभाजनकारी सोंच राखेको टिप्पणी गरे ।


‘नेपालको एकिकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो । सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने वेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछन्’, उनले लेखेका छन्, ‘इतिहासको सामान्य ज्ञानसमेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो, आश्चर्य लाग्छ ! प्रचण्डको भनाइप्रति खेद व्यक्त गर्दछु ।’
 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ८:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया