विद्यालय जान नपाएका विद्यार्थीलाई सरकारले असार १ देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने

लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीका लागि सरकारले असार १ गतेदेखि रेडियो तथा टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने बताइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि टिभीमा सुरु हुने रुटिन निकालिसकिएको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु एनटिभी प्लसबाट पढाइ हुने छ । त्यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ ।

विद्यालय तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको केन्द्रले जनाएको छ ।


कक्षा ६ देखि ८ सम्मलाई टार्गेट गरेर कान्तिपुर एफएमले पनि भोलिबाट हप्ताको पाँच विषयगत पाठ पढाउन सुरु गर्ने तथा रेडियो नेपालबाट भोलिदेखि नै कक्षा ९ र १० को सामग्री प्रसारण हुँदैछ । अरु थुप्रै स्थानीय एफएमबाट प्रसारण गर्ने तयारी पनि स्थानीय तहहरुले गरिरहेका छन् । 
 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ९:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया