१७ यात्रुमा कोरोनाभाइरस संक्रमण पुष्टिपछि ढाका–ग्वान्झाउ उडान स्थगित

चिनियाँ नागरिक उड्डयन नियामक निकायले चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित गरेको छ ।


गत जुन ११ को ढाका–ग्वान्झाउको उडानमा सवार १७ जना यात्रुमा कोविड–१९ को सङ्क्रमण देखिएपछि चार हप्ताका लागि उडान स्थगित गर्नु परेको अधिकारीहरूले बताएका छन् । चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विमानमा यात्रा गर्न चाहने व्यक्तिमा लगातार तीन सातासम्म कोरोना भाइरस नेगेटिभ हुनुपर्ने नियम बनाएको छ । प्राधिकरणले कोरोना नेगेटिभ देखिएको अवस्थामा ढाका उडान हप्तामा २ उडान वटा गर्न सक्ने जनाएको छ ।

तर यदि कोरोना पोजिटिभ भएका यात्रुको संख्या ५ भन्दा बढी पाइए त्यस्तो विमान सेवालाई एक साता उडान गर्न नपाउने गरी प्रतिबन्ध लगाइने छ । तर पोजिटिभ भएका यात्रुको सङ्ख्या १० भन्दा बढी भए यस्तो प्रतिबन्ध चार हप्ता गरिने प्राधिकरणले जनाएको छ ।
 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १३:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया