अनिवार्य सरकारी दायित्वलाई राजस्वले धान्न सकेन : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले पर्याप्त राजस्व नउठ्दा सरकारलाई अनिवार्य दायित्वको भुक्तानीमा समस्या परेको बताएका छन् । प्रतिनिधि सभामा आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।


सो अवसरमा अर्थमन्त्री खतिवडाले राजस्व अशुलीको अवस्था अप्ठोरो रहेको स्पष्ट पारे ।


उनले राजस्वबारेको तथ्यांक सार्वजनिक भएको भन्दै त्यसलाई स्वीकार गर्नुपर्ने अवस्था रहेको बताए । राजस्वबाट दैनिक खर्च धान्ने स्थिति नभएको भन्दै खतिवडाले अनिवार्य दायित्वलाई अन्यत्रबाट नै व्यवस्थापन गर्नुपर्ने अवस्था आएको बताए ।


‘जेठको अवस्था हेर्दा मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुन्छ, त्यसमा १५ अर्बजति भन्सारले योगदान गर्छ, बाँकी केही आन्तरिक राजस्वले,’ उनले भने,’अब यसलाई व्यवस्थापन गर्न हामीलाई समस्या भएकाले अन्यत्रबाट थप प्रयास गरेका छौं ।

सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने विभिन्न रोयल्टी लगायतका राजस्व सम्बन्धित संस्थाको खाता रहेकोमा अब उनीहरुलाई कामअनुसार पछि खर्च दिने गरी ती रकम सरकारी खातामा तानिएको खतिवडाले बताए । दूरसञ्चार प्राधिकरणको खाताको रकम यसैअनुसार सरकारी खातामा ल्याइएको अर्थमन्त्री खतिवडाले स्पष्ट गरे ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १३:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया