अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

काठमाडौं– अब निजी प्रयोगशालाहरुले पनि कोरोना संक्रमण परीक्षण गर्न पाउने भएका छन् ।

सरकारले आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिने भएको हो ।  

सरकारले पिसिआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

डा. गौतमका अनुसार यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ । 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १६:५१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया