पढाइ बीचमै छोडेर अभिनय रोजेका सुशान्तका केही किस्सा

सुशान्त आफ्नो नामजस्तै व्यवहारमा पनि थिए । उनी शान्त थिए, तर सधैं होसियार पनि थिए । दिल्लीको विश्वविद्यालयका प्राध्यापक प्रोफेसर आर सिंहले सुशान्त सिंह राजपूतको विषयमा यो बताएका छन् । सुशान्त पढैया पनि थिए । साइन्सका लागि निकै मेहनेत गर्ने सुशान्तले पढाइ चाहिँ बीचमै छोडेका थिए ।

आर सिंहले सुशान्तले पढाइमा निकै ध्यान दिने गरेको र कक्षामा शान्त भएर बस्ने गरेको बताएका छन् । 

तर, आइतबार तिनै सुशान्तले आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरे । उनको यो निर्णयले अहिले बलिउड र पूरै भारत स्तब्ध भएको छ । 

तर, सुशान्त पढाइमा निकै होनहार छात्र थिए । दिल्ली विश्वविद्यालयका अर्का प्रोफेसर योगेश सिंहले पनि उनको अध्ययनको तारिफ गरेका छन् । उनी यो विश्वविद्यालयमा सन् २००३ को ब्याचमा मेकानिकल इन्जिनियरिङको काम गर्थे । उनी केवल लोकप्रिय अभिनेता मात्र होइन, लोकप्रिय छात्रा पनि थिए ।

अब विश्वविद्यालयका कुलपतिसमेत रहेका योगेश सिंहले उनको निधनले विश्वविद्यालय परिवार निकै दुखी भएको बताएका छन् ।

पढाइमा राम्रो भए पनि सुशान्त पहिले देखि नै अभिनयमा रुची राख्थे । कतिसम्म भने उनले स्कुलमा नै साथीहरुलाई आफू अभिनेता बन्न चाहेको पनि बताउने गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार २१:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया