कोरोनाभाइरसः सबैभन्दा धेरै मृत्यु भएका ६ देश कुन हुन् ?

गत वर्ष चीनको वुहान सहरबाट मानिसमा देखिएको कोरोनाभाइरस महामारी अब विश्वका लागि निकै ठूलो समस्या भएको छ । ६ महिनाभन्दा बढी समय भइसक्दा पनि कोरोनाका कारण परिरहेको प्रभाव अहिले रोकिएको जस्तो देखिँदैन । 

बरु थप देशहरुमा यसको संक्रमण द्रुत गतिमा फैलिइरहेको छ । 

पछिल्लो समय यसको चपेटामा ब्राजिल आएको छ । ब्राजिलमा आइतबारसम्म ४२ हजार ७ सय २० जनाको मृत्यु कोभिड १९ का कारण भएको छ । सोमबार यो बढेर ४३ हजार ३ सय ३० पुगेको छ । 

ब्राजिलमा कोरोनाभाइरस संक्रमितको संख्या पनि अब ८ लाख ६७ हजारभन्दा बढी भएको छ ।

अमेरिकामा कोरोनाभाइरसका कारण सबैभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा १ लाख १५ हजार ७ सय ३० जनाको कोभिड १९ का कारण मृत्यु भएको छ । दोस्रो नम्बरमा ब्राजिल र तेस्रो नम्बरमा ४१ हजार ७ सय ८३ जनाको मृत्यु भएको बेलायत रहेको छ । 

त्यस्तै, इटाली, फ्रान्स र स्पेनमा ३४ हजार ३ सय ४५, २९ हजार ४ सय १० र २७ हजार १ सय ३६ जनाको क्रमशः कोभिड १९ को कारण निधन भएको छ ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार ७:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया