बेइजिङमा लगातार दोस्रो दिन कोरोनाको रेकर्ड

चीनमा सोमबार अधिकारीहरुले पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका ४९ जना भेटिएको बताएका छन् । यीमध्ये कम्तिमा पनि ३६ जना चीनको राजधानी बेइजिङका हुन् । 

बेइजिङमा लगातार दोस्रो दिन रेकर्ड संख्यामा संक्रमित भेटिएका हुन् । आइतबार पनि बेइजिङमा ३६ जना नै कोरोना संक्रमित भेटिएका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङको हेडियान क्षेत्रमा एक थोक मन्डीमा कोरोना संक्रमित भेटिन थालेपछि त्यहाँ वरपरका १० विभिन्न क्षेत्रमा लकडाउन लगाइएको छ ।

कोरोनाभाइरसको सुरुवात गत वर्ष पहिलो पटक चीनमा नै भएको थियो । तर, निकै छोटो समयमा चीनले कोरोनामाथि नियन्त्रण पाएको थियो । तर, फेरि पछिल्ला केही दिन यता बेइजिङमा कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १०:१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया