बैकल्पिक सिकाइलाई अवसरको रुपमा उपयोग गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले रेडियो, टिभी र इन्टरनेटका माध्यमले पढ्ने पाउनुलाई विद्यार्थीले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । विद्यालय तहका बालबालिकाहरुको सिकाइको निरन्तरताको रुपमा ल्याइएको बैकल्पिक सिकाइका सन्दर्भमा आज नेपाल टेलिभिजनमा आज विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 
‘‘प्रविधि, अब हाम्रा घर÷घरमा प्रवेश गर्दै छ । यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ’, उनले भने, ‘कोरोना महामारीपछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रुपमा अघि बढाउनु पर्छ ।’


लामो समयसम्म विद्यालयहरु बन्द रहँदा सिङ्गो शैक्षिक सत्र प्रभावित हुन सक्ने भएकाले बन्दाबन्दीको ८३ दिनपछि यसलाई केही खुकुलो पारिएको प्रधानमन्त्रीकाे स्पष्टोक्ति छ ।


‘बालबालिकाको सिकाइमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्यसहित आजबाट सरकारले विद्यालय तहका बालबालिकाहरुको सिकाइ–निरन्तरताका लागि वैकल्पिक कार्यक्रम शुरु गरेको छ’, उनले भने, ‘विद्यालय तहका सबै भाइ–बहिनीहरुलाई म यस अवसरमा शुभकामना भन्न चाहन्छु ।’


लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीका लागि सरकारले आजदेखि रेडियो तथा टिभीबाट पढाउन सुरु गरेको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने भएको हो ।
 





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार ११:३५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया