मेसीसँग सेल्फी लिन सुरक्षाघेरा तोड्नेविरुद्ध कानूनी कारवाही खोज्दै बार्सिलोना

स्पेनिस क्लब बार्सिलोनाले बन्द रंगशालामा भएको खेलमासमेत सुरक्षा घेरा तोडेर आफ्ना कप्तान लियोनल मेसीसँग सेल्फी लिन खोज्नेविरुद्ध कानूनी कारवाहीका लागि प्रक्रिया थाल्ने जनाएको छ ।

ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको मालोर्कासँगको खेलको क्रममा एक व्यक्ति सुरक्षा घेरा तोडेर मैदानमा छिरेका थिए ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी अपनाएर बन्द रंगशालामा भएको खेलमा भएको यस्तो गतिविधि कुनै पनि हिसाबले स्वीकार्य नहुने बार्सिलोनाले उल्लेख गरेको छ । ला लिगाले यसलाई आपराधिक गतिविधिका रुपमा लिने जनाएको छ ।


बार्सिलोना ४–० ले विजयी भएको खेलमा मेसीको नाम लेखेको अर्जेन्टिनाको जर्सी लगाएका एक फ्यान दोस्रो हाफको सुरुमा मैदानमा पसेका हुन् ।
यद्यपि, उनी मेसीभन्दा केही मिटर पर रहेर तस्बिर लिन सफल भने भए ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १३:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया