प्रधानमन्त्रीको अल्पज्ञान र अहंकारले भूमि फिर्ताको वातावरण बिग्रेला भन्ने डर छ : डा. बाबुराम भट्टराई

गोरखा– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अतिक्रमित भूमि फिर्ता ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो कदम चाल्छन्, त्यसैबाट उनको को मूल्यांकन हुने बताएका छन् ।

आइतबारबाट नेपालको नक्साले संवैधानिक मान्यता पाएको छ । सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै उनले अब भूमि नै फिर्ता ल्याउन प्रधानमन्त्रीले चाल्ने कदमबाट उनको मूल्यांकन हुने बताए । उनी साँच्चै राष्ट्रप्रेमी हुन् वा राष्ट्रियताको बाहिरी आवरण मात्र बोकेका हुन् भन्ने त्यसपछि पुष्टि हुने उनको भनाइ छ । 

भट्टराईले प्रधानमन्त्रीको अल्पज्ञान र अहंकारले वातावरण बिगार्न सक्ने टिप्पणी गर्दै आवश्यक प्रमाण जुटाउँदै राष्ट्रिय सहमति कायम गराउन सरकारले पहल गर्नुपर्ने सुझाब दिए । 

भट्टराईले हिमाल, पहाड र तराई जोडेर आन्तरिक राष्ट्रियता बलियो नबनाएसम्म बाह्य राष्ट्रिय घाउ मेटाउन गाह्रो हुने उल्लेख गर्दै मधेसीलाई शंकाले हेर्ने गरेका कारण पनि राष्ट्रियता कमजोर भएको बताए । 





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १६:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया