सेयरबजार खुल्न अझै चार दिन लाग्ने

काठमाडौं– लकडाउन अवधिभर दुईपटक मात्र खुलेको सेयरबजार खुल्न अझै चार दिन लाग्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सोमबार सूचना जारी गर्दै चार दिनका लागि बजार बन्द गरिएको जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार चार दिनका लागि सेयर कारोबार बन्द गरिएको हो । सोमबारदेखि बैंकलगायतका वित्तीय कारोबार सञ्चालनमा आए पनि सेयर बजार भने खुलेको छैन ।   

नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र सूचीकरण तथा कारोबार सोमबारदेखि बिहीबारसम्मका लागि स्थगन गरिएको सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १७:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया